काठमाडौंका घर खाली : भाडामा बस्ने भेटिएनन् (भिडियोसहित)
२६ भदौ, २०७७ काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका घर र कोठा खाली हुन थालेका छन् ।
कतिपय व्यापार व्यवसाय नै बन्द गरेर गाउँ फर्केका कारण घर खाली भएका हुन् । पहिलेभन्दा सस्तोमा दिँदा पनि घर भाडामा गएका छैनन् ।
काठमाडौंको अनामनगरमा मात्र हैन, कुनै समय डेरा र सटर पाउनै मुस्किल पर्ने काठमाडौं उपत्यकाका सबैजसो ठाउँमा हिजो आज जताततै टु लेट र कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचना देख्न सकिन्छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि चैतमा शुरु भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प छ । कतिपय व्यवसायी विस्थापित नै भए ।
होटल, रेष्टुरेण्ट, होस्टल चलाउनेहरु अधिकांश ब्यवसाय नै बन्द गरे । त्यसैले घर खाली छन् ।
अध्ययनका लागि काठमाडौं बस्ने पनि स्कुल कलेज खुल्ने टुंगो नभएकाले गाउँ फर्केका छन् । आम्दानीको मुख्य श्रोत नै घर बहाल भएका काठमाडौंका धेरै जसो घरबेटीलाई कोठा खाली भएपछि अहिले आर्थिक समस्या परेको छ ।
कतिपय घरधनीले बैंकको ऋण लिएर पनि घर बनाएका थिए । उनीहरुले बहाल उठाएर बैंकको किस्ता तिर्दै आएका थिए । तर अहिले बहालमा बस्नेले छाडेपछि उनीहरुलाई बैंकको किस्ता तिर्न पनि समस्या परिरहेको छ ।
प्रतिक्रिया