Main News

असोज १ गतेदेखि अन्तर जिल्ला यातायात सञ्चालन गर्न दिन माग

हिमालय टिभी
२०७७ भदौ २६ गते १४:३२
असोज १ गतेदेखि अन्तर जिल्ला यातायात सञ्चालन गर्न दिन माग

२६ भदौ, २०७७ काठमाडौं । यातायात व्यवसायी र मजदुर नेताले असोज १ गतदेखि गाडी चलाउन पाउनुपर्ने माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले असोज १ गतेदेखि अन्तरजिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका गाडी पनि चलाउन पाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै होल्डिङ सेन्टरमा भएको अनियमितता छानबिन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नवीकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर अब असोज १ देखि नमान्ने चेतावनी दिएका छन् ।

पहिलेदेखिनै गाडी चलाउनका लागि दबाब दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका नेताले यातायातमन्त्री नेम्वाङलाई भेटेर थप दबाब दिएका हुन् ।

मन्त्री नेम्वाङले व्यक्तिगत रुपमा आफू पनि गाडी चलाउन दिनुपर्छ भन्नेमा रहे पनि यसबारे प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनुभएको छ । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३१ गतेसम्म रोक लगाइएको छ ।

तर, कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ । बन्द नै हुने संभावना देखेपछि यातायात व्यवसायीले खोल्नका लागि दबाब दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *