२५ भदौ, २०७७ काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकाका मालपोत कार्यालयले आजदेखि सेवा दिन थालेका छन् ।
आज र भोली अत्यावश्यक परेका घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आइतबारदेखि घरजग्गा किनबेच खुल्ला गर्ने निर्णय भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो।
लकडाउनका कारण बन्द रहेका मालपोत कार्यालय बीचमा केहिदिन खुले पनि साउन २८ गतेदेखि पुनः बन्द गरिएका थिए ।
कित्ताकाट खुकुलो बनाएकोले कारोबार पनि बढ्ने अपेक्षा गरिएको छ। कोरोना संक्रमणका कारण ६ महिनाको बन्दाबन्दीले आर्थिक संकटमा परेकाले समेत घरजग्गा कारोबार बढ्न सक्ने अनुमान गरिएको छ ।