Main News

असोज १५ देखि आन्तरिक हवाई उडान खोल्ने तयारी

हिमालय टिभी
२०७७ भदौ २५ गते १८:५३
असोज १५ देखि आन्तरिक हवाई उडान खोल्ने तयारी

२५ भदौ, २०७७ काठमाडौं । सरकारले ढिलोमा असोज १५ देखि आन्तरिक उडान खुल्ने संकेत गरेको छ ।

आर्थिक पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ढिलोमा असोज १५ देखि आन्तरिक उडान खुल्ने बताउनु भएको हो ।

यद्यपि कोभिड–१९ विपद व्यवस्थापन समिति सीसीएमसीमा मन्त्रालयको तर्फबाट असोज १ गतेदेखि नै आन्तरिक उडान खोल्ने प्रस्ताव गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

सीसीएमसी सदस्यसमेत रहेका मन्त्री भट्टराईले १ गतेदेखि नै खोल्ने निर्णय भइ नहाले असोज १५ गतेदेखि भने उडान खुलाउने तयारी भएको बताउनुभयो । भदौ १६ देखि सर्तसहित अन्तराष्ट्रिय हवाई उडान खुल्ला गरिएपनि चैत ९ गतेदेखि बन्द आन्तरिक उडान अझै सञ्चालनमा आएको छैन् ।

सरकारले भदौ मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । तर ५ महिनादेखि ठप्प आन्तरिक उडान असोज १ गतेदेखि समेत नखोले तालाचाबी सरकारलाई बुझाउने व्यवसायीको चेतावनी छ ।

कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान छ । पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्बबराबरको लगानी रहेको अनुमान छ ।

समग्र पर्यटन क्षेत्रले एक खर्ब पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको मन्त्री भट्टराईले बताउनुभयो । १० लाख जनाले प्रत्यक्ष रोजगारी पाएको पर्यटन क्षेत्र अहिले पूर्ण रुपमा ठप्प छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *