Main News

एसिड पीडितको उपचार, शिक्षा र जीविकाको व्यवस्था सरकारले गर्ने

हिमालय टिभी
२०७७ भदौ २५ गते १८:४८
एसिड पीडितको उपचार, शिक्षा र जीविकाको व्यवस्था सरकारले गर्ने

२५ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सबैको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ ।

एसिड आक्रमणबाट पीडितसँग सरोकारवाला मन्त्री र प्रतिनिधिसमेतको उपस्थितिमा गरिएको परामर्शमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको ब्यवस्थापन गर्न निर्देशन दिनु भयो ।

प्रधानमन्त्री ओलीले घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा ब्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने बताउनुभयो ।

प्रधानमन्त्रीको घोषणा अनुसार एसिड आक्रमणबाट पीडितको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पतालमा डेडिकेटेड युनिट स्थापना गरिने छ ।

प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रबन्ध गर्ने वताउनु भयो ।

अपराधीबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरुलाई जेल सजाय गराउने उपयुक्त प्रबन्धको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीले दिनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *