Main News

कोरोना संक्रमितको गज्जब हेरचाह गर्ने यस्तो हुनुपर्छ आइसोलेशन सेन्टर (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते २०:३४
कोरोना संक्रमितको गज्जब हेरचाह गर्ने यस्तो हुनुपर्छ आइसोलेशन सेन्टर (भिडियोसहित)

२५ भदौ, २०७७, काठमाडौं । कोरोना संक्रमितका लागि आइसोलेशन सेन्टर नभएको ,संक्रमितको हेरचाह,उपचार नभएको र संक्रमितले सयमा खान नै नपाएको समेत गुनासो सुनिँदै आएको छ । तर काठमाडौंको कीर्तिपुरमा रहेको एउटा आइसोलेशन सेन्टरले भने गज्जबले कोरोना संक्रमितको हेरचाह गरिरहेको छ ।

यो कीर्तिपुरमा रहेको राष्ट्रिय आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्र हो । हिजो आज यो तालिम केन्द्रमा बिहानबिहान यस्तै मुरलीको धुन सुनिन्छ ।

कोरोना संक्रमितलाई राख्न यो केन्द्रमा आइसोशेलन सेन्टर बनाएपछि सुरक्षा गार्ड सुवास राईलाई मुरली बजाउने जिम्मेवारी पनि थपिएको छ ।र, राईले मुरली बजाएर कोरोना संक्रमितलाई सधैं यसैगरी नचाउनुहुन्छ ।

कोरोना संक्रमितको हौसला बढाउन उनीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मी र नर्स पनि सँगै यसरी नै नाच्छन् । मुरलीको धुनबाट शुरु हुने नाच पछि यसरी गीत संगितमा परिणत हुन्छ ।

आइसोलेशन सेन्टरमा संक्रमितले राम्रो हेरचाह र उपचार नपाएको गुनासो भइरहेका बेला यो आइसोलेशन सेन्टरले भने कोरोना संक्रमितको राम्रो हेरचाह गरिरहेको छ ।

यहाँ कोरोना संक्रमितलाई गीत संगितको माध्यमबाट मनोरञ्जन गराउनुका साथै नियमित रुपमा योगा र ब्यायाम पनि गराइन्छ । यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषिलो खाना र आयुर्वेदिक औषधि पनि दिने गरिन्छ । जसले संक्रमणमुक्त हुन सहज भएको अनुभव छ यो आइसोलेसनमा बसेकासँग ।

अहिलेसम्म ५ सय ३२ जना कोरोना संक्रमित भर्ना छन् । जसमध्ये २ सय ९७ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । अरु आइसोलेशन सेन्टरको तुलनामा आफूहरुलाई संक्रमितलाई छिट्टै निको पारेको दावी गर्नुहुन्छ केन्द्रका निर्देशक डाक्टर रामआधार यादव ।

पौष्टिक आहार र राम्रो वातावरणमा बस्दा पनि रोगसँग लड्ने क्षमता बढ्छ । त्यसैले अहिले समुदायमा कोरोना संक्रमितलाई छि छि र दुरदुर गर्नुको सट्टा राम्रो व्यवहार गर्ने हो भने पनि रोगसँग लड्न सहयोग हुने विश्वास छ डाक्टर यादवलाई ।

अहिलेसम्म कोरोना संक्रमणबाट जोगिने र संक्रमण भएमा उपचार गर्ने कुनै पनि औषधी पत्ता लागेको छैन । यस्तो स्थितिमा आइसोलेसन सेन्टरमा राम्रो हेरचार गर्ने र खानपिनमा ध्यान दिने हो भने कोरोना संक्रमणबाट मुक्त हुन सहज हुन्छ भन्ने उदाहरण यो केन्द्रले पेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *