Main News

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण्मा ३७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २४ गते ७:३३
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण्मा ३७ जनामा कोरोना संक्रमण पुष्टि

२४ भदौ, २०७७, पर्सा । नारायणी अस्पताल पर्साको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

२ सय ९० जनाको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमतिमध्ये ६ जना पर्सा, ९ जना बारा र २२ जना रौतहटका छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ९ महिला र २८ पुरुषसहित ४ वर्षीय बालकदेखि ६७ वर्षका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा ८ जना संक्रमित थपिएका छन् ।

महानगरको वडा ११ मा दुई जना र २८ र ३२ मा एक र एक जनामा कोरोना पोजिटिभ देखिएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका(८ र चैनपुर ८ मा एक र एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बाराको कोल्भि नगरपालिकाका–३ जना, अमौर टोक्नी वडा २, कलैया उपमहानगरपालिकाका २, बारागढि गाउँपालिकामा( ४ जना र इलाका प्रहरी कार्यालय बारागढीमामा एक एक जना संक्रमित थपिएका छन् ।

प्रवक्ता डा. चौरसियाका अनुसार संक्रमित हुनेमा रौतहटका दुर्गा भगवती गाउपालिका वडा नम्बर ५ का मात्रै २२ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *