Main News

कोरोना संक्रमणलाई जित्नेहरु दोब्बरले बढ्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २३ गते २०:२८
कोरोना संक्रमणलाई जित्नेहरु दोब्बरले बढ्दै (भिडियोसहित)

२३ भदौ, २०७७, काठमाडौं । कोरोना संक्रमितको जस्तो कोरोना संक्रमणमुक्त हुने पनि बढ्दै गएका छन् । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि भएको १४ दिन नाघेकालाई संक्रमणमुक्तको सूचीमा राख्ने गरेको छ । जसले गर्दा पनि संक्रमितको संख्या बढेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार एकै दिन २ हजार २ सय ८७ जना कोरोना संक्रमित संक्रमणमुक्त भए । जककी मंगलबार ९ सय २ जना संक्रमित थपिएका थिए ।

यो तथ्यांक अनुसार मंगलबार संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर बढी छ । र मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिले १४ हजार ८ सय ६८ सक्रिय संक्रमित छन् र उनीहरु आइसोलेसनमा छन् ।

कोरोना संक्रमण पुष्टि भएका ४८ हजार १ सय ३८ मध्ये अहिलेसम्म ३२ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् । विश्वमा कोरोना संक्रमणमुक्त हुनेको दर ७० प्रतिशत छ । नेपालमा हाल संक्रमण मुक्त हुनेको दर ६८ दशमलव पाँच प्रतिशत छ ।

विश्वको तुलना गर्दा नेपालमा कोरोना संक्रमणमुक्त हुनेको तथ्यांक सुधारात्मक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीकुमार अधिकारी बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनासंक्रमण मुक्त हुनेमा एक देखि १० वर्षका १ हजार ३ सय ६०, ११ वर्षदेखि २० वर्षका ५ हजार ४ सय ८,२१ वर्षदेखि ३० वर्षका १२ हजार ९२ , ३१ वर्षदेखि ४० वर्षका ७ हजार ७ सय ४२, ४१ देखि ५० वर्षको ३ हजार ६ सय १०,५१ देखि ६० वर्षको १ हजार ६ सय ९६, ६१ वर्षदेखि ७० वर्षका ६ सय ३८ , ७१ वर्षदेखि ८० वर्षका २ सय ५० र ८१ वर्ष भन्दा माथिका ६६ जना छन् ।

युवा समूह बढी संक्रमित भएकाले संक्रमण मुक्त हुनेमा उनीहरु नै बढि देखिए पनि सबै उमेर समूहका व्यक्ति कोरोना मुक्त भएका छन् । एक वर्षपनि नपुगेका शिशुदेखि ८८ वर्षका समेत कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा पनि भेन्टिलेटरर आइसियुमा नै बसेकादेखि लक्षण नदेखिएका, क्वारन्टिन, आइसोलेसन र होम आइसोलेसन रहेर उपचार नै नगराएका पनि कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *