Main News

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २३ गते १७:४४
कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

२३ भदौ, २०७७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो बेलुकी ह्याम्स अस्पताल स्वाब दिएका कोइरालाको बिहान ११ बजे आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो।

त्यसपछि पुनः जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उहाँमा कोरोना पुष्टि भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

कोइरालालाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ । तर अहिलेसम्म रिपोर्ट आएको छैन ।

उद्योगी तथा सांसद विनोद चौधरीको कोरोना परीक्षण हुनुभन्दा केही दिनअघि कोइराला र चौधरीको भेट भएको थियो । त्यो भेटमा नै कोरोना कोइराला संक्रमण भएको अनुमान छ । चौधरी भने अहिले कोरोना मुक्त भइसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *