धनकुटामा निषेधाज्ञा हटाइयो, स्वास्थ्य मापदण्ड पालनामा कडाइ

हिमालय टिभी
२०७७ भदौ २३ गते १३:२०
धनकुटामा निषेधाज्ञा हटाइयो, स्वास्थ्य मापदण्ड पालनामा कडाइ

२३ भदौ, २०७७, धनकुटा । धनकुटामा चार हप्तायता लाग्दै आएको निषेधाज्ञा आजदेखि हटेको छ ।

जिल्ला स्तरीय क्राईसिज म्यानेजमेन्ट कमिटि बैठकको सिफारिस अनुसार जिल्लाभर लागू निषेधाज्ञा हटाइएको हो । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै पछिल्लो पटक साउनको अन्तिम हप्तादेखि निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञा हटेसँगै आजदेखि नियमित रुपमा प्रत्येक दिन बिहानदेखि साँझसम्म जिल्लामा व्यापार, व्यवसाय सञ्चालन हुने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताउनु भयो ।

त्यस्तै जिल्लाभित्र आन्तरिक रुपमा क्षमताको आधा यात्रु राखेर सामाजिक दूरी कायम राख्दै यातायत सञ्चालन गर्न पाइने छ ।

निषेधाज्ञा हटेपनि शैक्षिक संस्था, हाट बजार, सभा सम्मेलन, भेला अन्तर्क्रिया, सभा गोष्ठी भने गर्न नपाईने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *