Main News
राष्ट्रपतिको सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाल नियुक्त
२०७७ भदौ २२ गते १७:००
२२ भदौ, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाल नियुक्त हुनुभएको छ ।
पाँचथरका ४५ वर्षीय ढकाल राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी विज्ञ सल्लाहकार नियुक्त हुनुभएको हो । ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ ।
उहाँले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्र तथा अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ ।
यसअघि राष्ट्रपतिको सञ्चार पत्रकार माधव शर्माले हेर्दै आउनुभएको थियो । शर्मासहित सुरक्षा सल्लाहकार नेत्र थापा र विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसक्नुभएको छ ।
राष्ट्रपतिको विज्ञ सल्लाहकार ढकालसहित अब तीन सदस्यीय भएको छ । लालबाबु यादव र लक्ष्मी कार्कीले विज्ञ सल्लाहकारका रुपमा काम गर्दै आउनुभएको छ ।
प्रतिक्रिया