Main News

कतारमा विभिन्न कानून उल्लंघनको आरोपमा पक्राउ १०६ जना नेपाली स्वदेश फिर्ता

हिमालय टिभी
२०७७ भदौ २२ गते १४:०७
कतारमा विभिन्न कानून उल्लंघनको आरोपमा पक्राउ १०६ जना नेपाली स्वदेश फिर्ता

२२ भदौ, २०७७ काठमाडौं । कतारमा विभिन्न समयमा कानून उल्लघंन गरेको अभियोगमा पक्राउ परेका १ सय ६ नेपालीलाई स्वदेश फर्किएका छन् ।

कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १ सय ६ जना कतारले डिपोर्ट गरेको हो।

डिपोर्ट गरिएका १ सय ६ जनासहित अन्य विभिन्न समस्यामा परेका नेपाली श्रमिकसहित २ सय ४६ जनालाई कतार एयरलाइन्सले नेपाल पुर्‍याएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी गराउनु भएको छ ।

विभिन्न समयमा कानून उल्लघंन गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई फिर्ती केन्द्रमा राखिएको थियो । कोरोनाको कारण देखाउँदै आममाफी दिएका तथा बन्दी जीवन बिताएका र फिर्ती केन्द्रमा रहेका नेपालीलाई यसअघि पनि कतारले डिपोर्ट गरेको थियो ।

यस्तै आज कतारबाट ३४ औं उडानमार्फत १ सय ४१ जना नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडानमार्फत नेपाल उनीहरु फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *