Main News

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २१ गते १३:२७
सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेमकिपाका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको आशंकामा १५ भदौमा पीसीआर परीक्षण गराउनु भएकोमा शनिबार साँझ संक्रमण पुष्टि भएको हो ।

अहिले उहाँ होम आइसोलेसनमा हुनुहुुन्छ । रिपोर्ट पोजेटिभ आए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य छ । आफ्नो सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *