Main News

देशभित्र रोजगारी नपाउँदाको पीडा : कोरोनाको महामारीमा यसरी मुग्लानिँदै युवा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २० गते १९:४७
देशभित्र रोजगारी नपाउँदाको पीडा : कोरोनाको महामारीमा यसरी मुग्लानिँदै युवा (भिडियोसहित)

२० भदौ, २०७७, कैलाली । भारतमा कोरोना कहर बढेसँग ५ महिनाअघि घर आएकाहरु फेरी उतै फर्कनेको लर्को रोकिएको छैन । केहि दिन यता कैलालीको त्रिनगर नाका हुँदै दैनिक चारपाँच सय जना नेपाली भारत गइरहेका छन् ।

कैलालीको त्रिनगर नाकामा देखिएको यो लर्को भारत जानेको हो । अहिले भारत जाने अधिकांश चार पाँच महिनाअघि घर आएका थिए ।

भारतमा नेपाली मजदुरले जोखिममै रहेर काम गर्दै आएका छन् । ५ महिनाअघिको भन्दा बढी संक्रमणको जोखिम देखिएको छ । तैपनि उनीहरु आफ्नो र परिवारको भोको पेट भर्न त्यो सबै जोखिम मोल्न तयार छन् ।

भारतमा कोरोना कहर बढ्दै गएपछि संक्रमणबाट जोगिन भनेर घर आएकाहरुको पाँच महिना बसेर खाँदा यसअघि कमाएको रकम सकियो । खल्ति रित्तो भयो । घरमा खाने अन्न भएन । यतै केही काम गरौँ भन्दा पनि पाइएन । विकल्प नभएपछि उनीहरु फेरि कामको खोजीमा भारततिरै फर्किएका छन् ।

भारतमा अहिले लकडाउन लगभग हटाइएको छ । त्यहाँ व्यापार व्यवसाय र उद्योग चल्न थालेका छन् । तर श्रमिकको अभाव छ । यसअघि काम गर्दै आएको ठाउँबाट तारन्तार बोलावट भएपछि भारत फर्किनेको संख्या पनि उच्च छ ।

भारतमा नेपाली मजदुरले जोखिममै रहेर काम गर्दै आएका छन् । ५ महिनाअघिको भन्दा बढी संक्रमणको जोखिम देखिएको छ । तैपनि उनीहरु आफ्नो र परिवारको भोको पेट भर्न त्यो सबै जोखिम मोल्न तयार छन् ।

संघीय सरकारले मात्र हैन । प्रदेश सरकारले समेत युवालाई स्वदेशमै रोजगारी दिने भनेर मिठामिठा आश्वासन दिइरहेका छन् । प्रधानमन्त्रीकै नाममा रोजगार कार्यक्रम पनि अघि बढाएको भनिएको छ । तर यसले गरिब नागरिकको कान त भरियो पेट भरिएन । सरकारको भनाइ र काम गराई मिलेन । उनीहरुले स्वदेशमै रोजगारी पाउन सकेनन् । र विदेश जान बाध्य भएका छन् ।

कोरोनाको यो महामारीमा आफ्नो घरपरिवार र देश छाडेर कामको खोजीमा मुग्लान पस्नेको यो लर्कोले सरकारलाई गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *