बारा र पर्सामा कोरोना संक्रमित बढ्दो, औषधि अभाव हुँदा उपचारमा समस्या (भिडियोसहित)
२० भदौ, २०७७, वीरगञ्ज । बारा र पर्सामा औषधि अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या भएको छ ।
पछिलो समय बारा र पर्सामा ठुलो संख्यामा लक्षणसहितका संक्रमित भेटिइरहेका छन् । संक्रमितलाई आवस्यक पर्ने सामान्य औषधिसमेत नभएपछि उपचारमा समस्या भएको हो ।
सरकारले औषधि लगायतका अत्यावस्यक सामग्रीको उत्पादन र आपूर्तीमा रोक लगाएको छैन । तर औषधिको अभाव भने कायमै छ । पहिलेदेखि यस्तो समस्या भए पनि समाधानका लागि प्रयास नभएको चिकित्सकको गुनासो छ ।
नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्रमा भर्ना भएका संक्रमितमा उच्च ज्वरो, खोकी, कडा निमोनिया, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका छन् । ति रोगमा उपयोगी हुने औषधि नपाउँदा उपचारमा समेत समस्या भएको छ । उपचारका लागि आवश्यक रेमिडेसिर, डेकसोना, भेरिफाइल, डोटा वेरीन,अस्थालिन लगायतका जीवन रक्षक औषधि पनि अभाव रहेको अस्पतालका अधिकारी बताउँछन् ।
सबैतिर पाइने आस्थालिनको समेत वीरगंजमा अभाव छ । अवस्था कतिसम्म नाजुक भएको छ भने औषधि खोज्न संचारकर्मी समेत लाग्नु परिरहेको छ । पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले आफ्नो फेसबुक स्टाट्समार्फत आस्थालिन नभएको बताएपछि वीरगंजका पत्रकार अमित अग्रवालले भारतको रक्सौलबाट मगाएर कोभिड अस्पताल र संक्रमितलाई दिनुभएको छ ।
पछिलो समय प्रदेश २ का अधिकांश औषधि उद्योगमा उत्पादन बन्द भएकाले आपूर्तिमा समस्या भएको व्यवसायी बताउँछन् ।
सरकारले औषधि लगायतका अत्यावस्यक सामग्रीको उत्पादन र आपूर्तीमा रोक लगाएको छैन । तर औषधिको अभाव भने कायमै छ । पहिलेदेखि यस्तो समस्या भए पनि समाधानका लागि प्रयास नभएको चिकित्सकको गुनासो छ ।
कोरोना संक्रमण समुदायस्तरमै फैलिएको बारा र पर्सामा अत्यावस्यक औषधिको अभाव हुनु चिन्ताजनक छ । वीरगंजमा उपचारका क्रममा हरेक दिन जसो संक्रमितको ज्यान गइरहेको छ । यस्तो अवस्थामा तीनवटै सरकार र औषधि व्यवस्था विभागले तत्काल ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया