Main News

चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायीमा विप्लव समूहको आग्रह

हिमालय टिभी
२०७७ भदौ २० गते १३:२५
चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायीमा विप्लव समूहको आग्रह

२० भदौ, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायी र कर्मचारीलाई सचेत गराएको छ ।

शनिबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर नेपाल कम्युनिष्ट पार्टी नेपाली जनताको आखाँको नानी बनेपछि पार्टीलाई बदनाम गर्न, पार्टीका नाममा चन्दाको आतंक मच्चाउने गरिएको आरोप लगाउनुभएको छ ।

गुण्डा, लुटेरा, सुराकी, भगौडा, अपराधिक तत्व पार्टीलाई बदनाम गर्न ज्यान फालेर लागेको भन्दै उहाँले जनतालाई चन्दाको नाममा नठगिन सचेत गराउनुभएको हो ।

पार्टीको नाम बेचेर चन्दा असुल्नेलाई पार्टीमा बुझाउन प्रकाण्डले विज्ञप्तिमा अनुरोध पनि गर्नु भएको छ ।

विप्लप नेतृत्वको नेकपाले मल आपूर्तिको लागि ठेक्का लिएर पूरा नगर्ने कम्पनि एवं ठेगेदार र रेल निर्माणको नाममा भष्टाचार गर्नेलाई सरकारलाई कारबाही नगरे आफूहरुले नै कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *