मन्त्रिपरिषद पुनर्गठन नहुने प्रधानमन्त्री ओलीको संकेत
१९ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गगठन नहुने संकेत गर्नुभएको छ ।
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाभित्र मन्त्रिपरिषद पूनर्गठनका लागि बहस भैरहेका बेला त्यसलाई अस्वीकार गर्नुभएको हो ।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग मन्त्रिपरिषद् पुनगर्ठनको चर्चालाई हल्ला मात्रै भन्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न पनि निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीको भनाई उधृत गर्दै एक मन्त्रीले भने–हल्लाको पछि नलाग्नुस्, मन्त्रिपरिषद पुनगर्ठन हुँदैन । ढुक्कसँग काम गर्नुस।ु
मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो आफूलाई थाहा नभएको र यसबारे कसैसँग छलफल नगरेको पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले खालि भएका मन्त्रालयमा मात्रै नयाँ मन्त्रि नियुक्त गर्ने प्रष्ट पारेको ती मन्त्रीले जानकारी दिए । अहिले संचार तथा सूचना प्रविधि, शहरी विकास खालि छ भने आजै अर्थमन्त्रीले राजिनामा दिएपछि अर्थमन्त्रालय पनि खालि हुनेछ ।
सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको छ । र, त्यसलगत्तै मन्त्रिपरिषद् पुनगर्ठनको चर्चा नेकपामा चलेको छ ।
प्रधानमन्त्रीले पूनर्गठन हुँदैन भनेपनि पार्टी भित्र यसबारे छलफल चलिरहेको नेकपाका एक जना सचिवालय सदस्यले बताउ । उनका अनुसार सरकारको काममा असर हुने देखेर प्रधानमन्त्रीले त्यसो भनेको हुन सक्छ ।
प्रतिक्रिया