भक्तपुरमा वडा कार्यालयले नै कोरोना संक्रमितको घरमा ताला लगायो, १० जना थुनिए (भिडियोसहित)
![भक्तपुरमा वडा कार्यालयले नै कोरोना संक्रमितको घरमा ताला लगायो, १० जना थुनिए (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/09/Sankramit_Gharma_Tala.jpg)
१९ भदौ, २०७७, भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नम्बर १० को कार्यालयले कोरोना संक्रमितको घरमा ताला लगाइदिएको छ ।
भक्तपुर नगरपालिका १० नम्बर वडा कार्यालयले कमलविनायक क्षेत्रमा बसोबास गर्ने ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि घरमा ताला लगाइदिएको हो ।
संक्रमण पुष्टि भएका ती व्यक्तिलाई अस्पताल लगिसकेको भए पनि परिवार र घरमा डेरा गरी बस्ने अन्य व्यक्ति बाहिर आवतजावत गर्दा टोलमा संक्रमण फैलिन सक्ने भएकाले ताला लगाइएको वडा कार्यालयको दाबी छ ।
वडाले ताला लगाउँदा घरका परिवार र डेरामा बस्ने १० जना थुनिएका छन् । वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौँमिखाले उनीहरुका लागि आवश्यक पर्ने सबै व्यवस्था वडा र टोलले गर्ने सहमतिमा ताला लगाइएको दावी गर्नुभयो । वडाध्यक्ष ह्यौँमिखाका अनुसार घरमा बस्नेको पीसीआर परीक्षण गरेपछि ताला खोलिनेछ ।
प्रतिक्रिया