Main News

वैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

हिमालय टिभी
२०७७ भदौ १८ गते १९:०४
वैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

१८ भदौ, २०७७ काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि सबै खालका श्रम स्वीकृति खुल्ला गरेको छ ।

तर श्रम स्वीकृति लिनका लागि शर्त राखिएको छ। २०७६ साल फागुन २९ गते पहिले मागपत्र प्रमाणित भएर पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम स्वीकृति लिनका लागि विदेशका रोजगारदाताको नो अब्जेक्सन प्रमाण पत्र आवश्यक पर्नेछ।

यस्तो प्रमाण पत्र हालै जारी भएको र सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणित गराएर पेश गर्नु पर्नेछ ।

यस्तै पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ माग पत्रको हकमा नो अब्जेक्सन प्रमाण पत्र पेश गर्नु पर्नेछ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृति लिनका लागि रोजगारदाता कम्पनीले आधिकारिक इमेलबाट हालै जारी भएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *