१८ भदौ, २०७७, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा ११० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
५७६ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा कोभिड–१९ पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिनुभयो।प
पछिल्लो परीक्षणमा पर्साका ६९, बाराका २४ जना र रौतहट का १७ जनामा कोभिड पुष्टि भएको हो। जसमध्ये महिला ८० र पुरुष ३० जना रहेका छन्।
संक्रमितहरु वीरगंज महानगरपालिकाका ४९, बहादुरमाई नगरपालिकाका ५, फोखरिया नागरपालिकाका ४, पर्सागढी नगरपालिकाका ७, कालिका माईै गाउँपालिकाका ४, बाराको कलैया नागरपालिककाका २४ र रौतहटको यामुनामाई गाउँपालिका– ३ का १७ जना रहेका छन् ।