Main News

पाँच महिनापछि शुरु भयो अन्तर्राष्ट्रिय हवाई सेवा

हिमालय टिभी
२०७७ भदौ १७ गते ८:१५
पाँच महिनापछि शुरु भयो अन्तर्राष्ट्रिय हवाई सेवा

१७ भदौ, २०७७ काठमाडौं । पाँच महिना लामो गतिरोधपछि गएराती रातिदेखि सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।

चैत ९ गतेदेखि बन्द अन्तर्राष्ट्रिय ब्यवसायिक उडान अन्तरगत मंगलबार राति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उडेको छ । कोरोनाका कारण चैत ९ गतेदेखि सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द थियो ।

त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशी ओसार्न चार्टर्ड उडान भए पनि नियमित व्यवसायिक उडान हुन सकेको थिएन । अहिले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सिमित संख्यामा सरकारले उडान शुरु गरेको हो । विदेशबाट आउने यात्रुले चार्टर्ड उडानमा जस्तै स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु पर्नेछ ।

यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ । जहाजबाट झरिसकेपछि नेपाल एयरलाइन्सको र्‍याम्पबसले यात्रुलाई प्रस्थान टर्मिनलसम्म र त्यहाँबाट सेनाले होल्डिङ सेन्टर लैजाने छ। होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर घर पठाइनेछ भने रिपोर्ट नभएका यात्रुलाई क्वारेन्टिनमा पठाईनेछ ।

पोजिटिभ भएका र परीक्षण नगरेका यात्रुलाई ल्याउन पाइने छैन । यसरी ल्याएमा सबै जिम्मेवारी सम्बन्धित वायुसेवा कम्पनीको हुनेछ । अर्थात् सबै यात्रु अनिवार्य होटेल क्वारन्टिनमा बस्नु पर्नेछ र त्यसको खर्च वायुसेवा कम्पनीले बेहोर्नु पर्नेछ।

एउटै उडानबाट आएका सबै यात्रुको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएमा सबै घर जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारन्टिनमा बस्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *