Main News

स्थानीय बासिन्दाले कुटेपछि सर्जिकल व्यवसायी सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते ६:१५
स्थानीय बासिन्दाले कुटेपछि सर्जिकल व्यवसायी सडकमा (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेश्वर क्षेत्रका व्यवसायी विरोधमा उत्रिएका छन् । हिजो दिउँसो स्थानीय बासिन्दाले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेका थिए । व्यवसायीले सरकारसँग सुरक्षा मागेका छन् ।

सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । व्यवसायीले भने विहान ११ बजेदेखि दुई बजेसम्म पसल खोल्दै आएका थिए ।

जुन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान) को निर्णय थियो । र, यसको बोधार्थ वडा कार्यालय र स्थानीय ब्वाइज युनियन क्लबलाई समेत दिइएको थियो ।आफ्नो छाता संगठन केमसानको निर्णय अनुसार तर सोमबार दिउँसो दुई बजेभित्रै पसल नगरेको भन्दै स्थानीय बासिन्दाको एक समूह कुटपिटमै उत्रियो ।

त्यसको विरोधमा सर्जिकल व्यवसायी मंगलवार सुरक्षा चाहियो भन्दै सडकमा उत्रिए ।

व्यवसायीले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । आक्रोशित व्यवसायीले अब सरकारले नभन्दासम्म बन्द नगर्ने र २४ घण्टा व्यवसाय चलाउने बताएका छन ।

राज्यले नै अत्यावस्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीय बासिन्दालाई नभएको व्यवसायीको तर्क छ । र, ११ बजदेखि दुई बजेसम्म खोल्ने भन्ने निर्णय व्यवहारिक नभएको र यसले संक्रमणको जोखिम समेत बढाएको उनीहरुको दावी छ ।

आक्रमणमा परेको भन्दै व्यवसायी सुरक्षा माग्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले पनि राज्यले अत्यावस्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने भनेर माइकिङ गर्यो । प्रहरीले सुरक्षा दिने भनेर व्यवसायीलाई आश्वस्त पनि पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *