बोजिनी ड्याममा पौडी खेल्न गएका लिम्बूको डुबेर मृत्यु

हिमालय टिभी
२०७७ भदौ १६ गते १८:०१
बोजिनी ड्याममा पौडी खेल्न गएका लिम्बूको डुबेर मृत्यु

१६ भदौ, २०७७, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवाको शव फेला परेको छ ।

सोमबार दिउँसो आफ्ना साथीसँग ड्याममा पौडी खेल्न गएका पाँचथर तुम्बेवा गाउँपालिका–४ घर भई हाल भक्तपुरको सुडाल बस्ने २५ वर्षीय अमन लिम्बू भनिने योगेन्द्र लिम्बू सावाको शव आज फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनलाई सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गण विपद व्यवस्थापन सिनामंगलबाट खटिएको उद्धार टोलीले लेदोमा गाडिएको अवस्थामा मृतकको लाश फेला पारेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिनुभयो ।

मृतकको शव पोष्‍टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको डिएसपी गिरीले बताउनुभयो ।

मृतक लिम्बूसँगै पौडी खेल्न गएका प्रकाश लिम्बूसँग सोधपुछ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *