Main News

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १५ गते ८:०७
नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

१५ भदौ, २०७७ वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका थप ३२ सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पर्साको कालिकामाई गाउँपालिकाको ९ जना र वीरगञ्ज महानगरपालिकाको २३ जना रहेको प्रवक्ता अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

कालिकामाई गाउँपालिकाका एक सय २२ जनाको स्वाबको नमुना परीक्षण गर्दा एक महिलासहित ९ जनामा संक्रमण देखिएको हो । यस्तै संक्रमित हुनेमा जिराभवानी गाउँपालिकाका २ जना रहेका छन् ।

नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ४ र सर्लाहीका एक जनामा पनि संक्रमण फेला परेको प्रवक्ता डा. चौरसियाले जानकारी दिनुभयो ।

आइतबार राती पर्सा, बारा र सर्लाहीका ४३६ जनाको स्वाबको नमूना परीक्षण गर्दा कुल ३८ जनामा संक्रमण फेला परेको चौरसियाले जानकारी दिनुभयो । संक्रमित हुनेमा ८ महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरु ६ बर्षदेदेखि ७० बर्षसम्मका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *