Main News
काठमाडौं महानगरपालिका मेयर शाक्यलाई कोरोना संक्रमण
२०७७ भदौ १५ गते १८:५६
१५ भदौ, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
दुई दिनअघि स्वाब दिएका मेयर शाक्यको आज आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार शाक्य दम्पत्तिले स्वाब दिएपनि पत्नीलाई भने कोरोना संक्रमण देखिएन । होम आइसोलेसनमा बसेका शाक्यलाई संक्रमणको लक्षण भने देखिएको छैन ।
केहीदिनयता उहाँले रानीपोखरीको निरिक्षणदेखि क्वारन्टिन र आइसोलेसनको अवलोकन गरेका खबर आएका थिए ।
प्रतिक्रिया