Main News

महामारीकाबीच बहराइनका राजकुमारको टोलीलाई हिमाल आरोहणको अनुमति

हिमालय टिभी
२०७७ भदौ १५ गते १८:५३
महामारीकाबीच बहराइनका राजकुमारको टोलीलाई हिमाल आरोहणको अनुमति

१५ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना महामारीका बीच पनि बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमारसहित १५ जना र ३ जना ब्रिटिश नागरिकको टोलीलाई दुई वटा हिमाल आरोहणका लागि अनुमति दिने निर्णय गरेको हो । सेप्टेम्वर १५ तारिखमा आउने टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ ।

यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने भएको छ । यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो ।

यस्तै सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपालीका लागि आंशिक अनुमति खुला गरेको छ । नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइनेछ ।

अब नेपालमा अध्ययन गर्ने विदेशी विद्यालयलाई सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय समेत गरेको छ ।
सरकारले विदेशबाट नेपाल आउन पाउने दैनिक संख्यासमेत बढाएको छ ।

शुरुका दिनमा ५ सय जना यात्रु नेपाल आउन पाउने भनिएकामा अब पर्यटन मन्त्रालयले क्वारन्टिनको उचित व्यवस्थापन गरी थप ३ सय जनालाई दैनिक नेपाल आउन दिने निर्णय गर्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *