भेरी अस्पतालमा पनि प्लाज्मा थेरापी उपचार सेवा शुरु

हिमालय टिभी
२०७७ भदौ १५ गते १८:०६
भेरी अस्पतालमा पनि प्लाज्मा थेरापी उपचार सेवा शुरु

१५ भदौ, २०७७, बाँके । नेपालगन्जको भेरी अस्पतालले कोरोनाको संक्रमणबाट गम्भिर अवस्थामा पुगेकालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको छ ।

कोरोना संक्रमित भई स्वास्थ्य अवस्था गम्भिर भएका सल्यानका २९ वर्षीय युवालाई प्लाज्मा दिएर उपचार शुरु गरिएको हो ।

कोरोना संक्रमित भइ निको भएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले प्लाज्मा दान गर्नु भएको हो ।

दाताले दिएको रगतलाई नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा रहेको कम्पोनेन्ट मेसिनको सहयोगबाट प्लाज्मा निकालेर कोरोना संक्रमितलाई दिइएको हो ।

ज्वरो आएर स्वास्थ्य अबस्था गम्भिर भएपछि उपचारका लागि ती बिरामी भदौ १२ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *