Main News

कोरोना संक्रमित बढेसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा निषेधाज्ञा थपियो

हिमालय टिभी
२०७७ भदौ १३ गते ८:२२
कोरोना संक्रमित बढेसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा निषेधाज्ञा थपियो

१३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या निरन्तर बढेसँगै सुदुरपश्चिमका विभिन्न जिल्लामा जारी निषेधाज्ञा बढाइएको छ ।

डडेल्धुरामा जारी निषेधाज्ञा आगामी भदौ १९ गतेसम्म थपिएको छ भने डोटीमा पनि भोलिदेखि निषेधाज्ञा लगाइने भएको छ ।

डडेलधुराको जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको हिजो बसेको बैठकले १९ गतेसम्म निषेधाज्ञा थपेको हो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।

डोटीमा भोलि राती १२ बजेदेखि २१ गते आइतबार रातीसम्म लागू हुने गरी निषेधाज्ञा लगाइने भएको छ ।

जिल्लाभित्र कोरोना महामारीको असर बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचार सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उता कैलालीमा पनि भदौ १९ गतेसम्म निषेधाज्ञा लगाइने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *