Main News

कोरोना संक्रमणबाट वीरगञ्जमा तीन र पाल्पामा एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १३ गते ८:०७
कोरोना संक्रमणबाट वीरगञ्जमा तीन र पाल्पामा एक जनाको मृत्यु

१३ भदौ, २०७७ काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा, वीरगंजकै ४३ वर्षीय पुरुष, वीरगञ्ज–२५ मनियारी बस्ने ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धाको अचानक श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भई आइसीयूमा उपचारको क्रममा साँझ ७ बजे मृत्युु भएको नारायणी अस्पतालका डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको जिन एक्सपर्ट परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको प्याथोलोजिस्ट डा नीरा पाठकले बताउनुभयो ।

जिन एक्सपर्ट परीक्षणले शरीरमा कोभिड९१९ भाइरस संक्रमण रहेकोरनरहेको देखाउँछ। तर, भाइरस जीवित छ या मृत छ भन्ने बारे भने स्पष्ट हुँदैन। त्यसको लागि आरटी–पीसीआर परीक्षण नै गर्नुपर्छ।

वीरगंजकै ४३ वर्षीय पुरुषलाई पहिलादेखि एचआभि, हेपटाइटिश बी तथा श्वासप्रश्वासमा समस्या भएपछि नेशनल मेडिकलबाट वीरगंज अस्थाई कोभिड अस्पताल भर्ना गरेको केही बेरमै मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

वीरगञ्ज–२५ मनियारी बस्ने ३७ वर्षीय पुरुषमा कोरोना संक्रमति भई उपचार गर्ने क्रममा सम्सया देखिएपछि काठमान्डौ रेफर गरिएको थियो । उनलाई उपचारको क्रममा निमोनिया र अचानक श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौं लाने क्रममा बाटोमा मृत्यु भएको चौरसियाले जानकारी दिनुभयो ।

त्यसैगरी लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा साँझ साँढे ६ बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिनुभयो । ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *