Main News

घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा निरन्तरता दिने निर्णय भएको छैनः प्रवक्ता खतिवडा

हिमालय टिभी
२०७७ भदौ ११ गते २०:०४
घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा निरन्तरता दिने निर्णय भएको छैनः प्रवक्ता खतिवडा

११ भदौ, २०७७ काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई निरन्तता दिने विषयमा कुनै छलफल नभएको बताएको छ ।

घिसिङलाई पूनर्नियुक्ति गर्ने विषयमा आम नागरिकले दिएको चासोमा पनि सरकारले नकारात्मक टिप्पणी गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले घिसिङको पुनर्नियुक्तिबारे छलफल नभएको बताउनुभयो । घिसिङलाई सामाजिक संजालले नियुक्ति गरेको होला भन्दै मन्त्री खतिवडाले कटाक्ष गर्नुभयो ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्नुपर्ने भन्दै सामाजिक संजालमार्फत सरकारलाई दबाब आइरहेको छ । भदौ २९ गते कार्यकाल सकिदैछ । भदौ ९ गते मन्त्रिपरिषद् बैठक बसिरहेका बेला घिसिङलाई फेरि जिम्मेवारी दिने निर्णय गरेको भनेर भ्रम फैलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *