Main News
कारागारमा कोरोना फैलिएकोमा मानव अधिकार आयोगको चिन्ता
२०७७ भदौ १० गते १९:२१
१० भदौ, २०७७ काठमाडौं । कारागारमा कोरोना संक्रमण फैलदै गएकोमा राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ ।
प्रेस विज्ञप्ती निकालेर आयोगले केन्द्रीय कारागार लगायत बाँके, सिरहा, सुनसरीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मी, कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा चिन्ता व्यक्त गरेको हो ।
आयोगले क्षमता भन्दा धेरै कैदीबन्दी रहेका कारागारमा उच्च सुरक्षा सर्तकता अपनाउन सरकारलाई आग्रह समेत गरेको छ । त्यस्तै कारागार पठाइने नयाँ कैदीबन्दीको पीसीआर परीक्षण गरेर कारागार पठाइएपनि,जोखिम हुने भन्दै नयाँ कैदी बन्दीलाई छुट्टै राख्न भनेको छ ।
आयोगले कैदी बन्दीको स्वास्थ्य सम्बन्धि र बाँच्न पाउने हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । देशभरका ७१ काराकारमा २१ हजार कैदीबन्दी छन ।
प्रतिक्रिया