Main News

सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दो, तीन वटा सुरक्षा निकायमा दुई हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ भदौ १० गते १४:३५
सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दो, तीन वटा सुरक्षा निकायमा दुई हजार बढी संक्रमित

१० भदौ, २०७७, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका सुरक्षाकर्मीमा संक्रमण हुने क्रम तीब्र बनेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायमा २ हजारभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएका छन् । तीनवटा सुरक्षा निकायमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीमा संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म दुई डीआईजीसहित १ हजार २ सय ६० जना प्रहरी संक्रमित भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतका अनुसार हालसम्म ५ सय १५ जना निको भएर काममा फर्किएका छन् भने ७ सय ४५ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् ।

नेपाल प्रहरीपछि सबैभन्दा धेरै सशस्त्र प्रहरीमा संक्रमण देखिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालका अनुसार विभिन्न मिसनमा गएका १८ जनासहित हालसम्म सशस्त्र प्रहरीका चार सय १९ जना संक्रमित भएका छन् । जसमध्ये एक सय ७७ जना निको भइसकेका छन् भने दुईसय ४२ जना आइशोलेसनमा छन् ।

यसैगरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको काममा लागि व्यारेक बाहिर निस्किएको नेपाली सेनामा पनि संक्रमण दर बढ्न थालेको छ । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म तीन सय २८ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १ सय १० जना निको भएर काममा फर्किइसकेका छन् भने २ सय १८ जना आइशोलेसनमा छन् । कोरोना संक्रमाणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनको मुख्य जिम्मा पाएको नेपाली सेना क्वारेन्टिनको सुरक्षा व्यवस्था, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका काममा पनि खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *