Main News

उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गर्न तीन जिल्ला प्रशासनको बैठक आज

हिमालय टिभी
२०७७ भदौ १० गते ७:५४
उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गर्न तीन जिल्ला प्रशासनको बैठक आज

१० भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने बारे निर्णय गर्न आज तीन जिल्लाका प्रशासकहरु बैठक बस्दैछ ।

तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बस्ने भएको हो ।

पहिला आन्तरिक छलफल गर्ने तयारी भैरहेको र त्यसपछि बैठक बसेर निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकले एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका गरी आगामी दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिनेछ । काठमाडौं उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको छ ।

विभिन्न क्षेत्रबाट पनि अझै एक हप्ता थप्नुपर्ने सुझाव आएको भट्टले जानकारी दिनुभयो । भदौ ३ गतेराति १२ बजेदेखि लागू भएको आज राती १२ बजेदेखि सकिने भएकाले निर्णय गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *