Main News

नेपालमा कोरोना संक्रमणको अवस्था अझ खराब हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

हिमालय टिभी
२०७७ भदौ ९ गते १८:५८
नेपालमा कोरोना संक्रमणको अवस्था अझ खराब हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

९ भदौ, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ् खराब हुने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका नेपाल प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताउनुभएको हो । पछिल्लो पटक नेपालमा कोरोना संक्रमण बढिरहेका बेला भ्यान्डेलरले यो शुरुवात मात्रै भएको बताउनुभयो ।

उहाँले कोरोना भाइरस कोभिड–१९ विरुद्धको लडाईंमा निजी क्षेत्रसँग सहकार्य गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

कोरोना संकटमा स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने पनि उहाँले आश्वासन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *