राप्ती नदीले कटान तीव्र, यस्तो समस्यामा कचनापुरका बासिन्दा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ९ गते १७:५९
राप्ती नदीले कटान तीव्र, यस्तो समस्यामा कचनापुरका बासिन्दा (भिडियोसहित)

९ भदौ, २०७७ नेपालगञ्ज । राप्ती नदीले कटान तीव्र पारेपछि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका बासिन्दा समस्यामा परेका छन ।

राप्ती नदीमा आएको बाढीले कचनापुर गाउँको करिब २५ बिघा धान खेत कटान गरिसकेको छ । कटान बढ्दै गएर धान खेत बगरमा परिणत हुने खतरा देखिएको छ ।

राप्ती नदीले कटान तिब्र पारेपछि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ नदी किनारामा रहेको बस्ती नै जोखिममा परेको छ । जोखिममा परेका करिब २५ घर परिवार गाउँ नजिकैको जंगलमा झुपडी बनाएर बसिरहेका छन् ।

बाढी आइरहेकाले तत्काल नियन्त्रण गर्न सम्भव नभएकाले स्थानिय बासिन्दा नदीले कटान गरेको आफ्नो खेतबारी टुलुटुल हेरेर बस्न विवश छन् ।

खेतीपातीबाहेक आम्दानीको अन्य स्रोत नभएका किसान वर्षभरीको खर्च धान्ने खेतबारी नै बगरमा परिणत भए पछि के कसरी छाक जुटाउने र परिवार पाल्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन । ३ बर्षदेखि राप्ती नदीले कचनापुर क्षेत्रमा कटान गर्दै आएको छ ।

गत बर्ष जनताको तटबन्ध कार्यालयले निर्माण गरेको करिब ४ सय मिटर तटबन्ध भत्काएर नदीले कटान तिब्र पारेको हो । नदीको धार परिबर्तन हुँदै गएका कारण पछिल्ला बर्ष कटान बढ्दै गएको हो । तर नदी नियन्त्रणका लागि ठूलो बजेट आबश्यक पर्ने भएकाले गाउँपालिका र वडा कार्यालयले नदी नियन्त्रणको काम गर्न सकेका छैनन् ।

राप्ती नदीले कचनापुर लगायत नदी किनाराका धेरै बस्तीमा कटान गर्दै आएको भन्दै स्थानीय सरकारले संघिय सरकारलाई गुहारीरहेका छन् ।

बर्सेनि बाढीले खेतबारी बगाइरहेको छ । स्थानीय सरकार स्रोत साधन अभावले काम गर्न नसक्ने र संघीय सरकारले प्रभावकारी योजना नल्याउँदा नदीकिनारका बासिन्दा जहिल्यै मारमा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *