भेरी अस्पतालका डाक्टर पाण्डे र रिसाललाई कोरोना संक्रमण

९ भदौ, २०७७, बाँके । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डे र कोरोना फोकल पर्सन डा. संकेत रिसाल पनि कोरोना संक्रमित हुनु भएको छ ।
डा। पान्डे र डा. रिसाल दुबै जना बाँकेमा कोरोना संक्रमणविरुद्ध जनचेतना अभिवृद्धि गर्नेदेखि संक्रमितको उपचारमा ६ महिनादेखि सक्रिय हुनुहुन्थ्यो । खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा भर्ना भएका संक्रमितको उपचार डा। पान्डेकै नेतृत्वमा भइरहेको थियो ।
डा. पान्डेले फेसबुकमा स्टाटस लेखेर आफु संक्रमित भएको जानकारी दिँदै उपचारबाट निको भएपछि प्लाजा थेरापीका लागि प्लाज्मा दान दिन तयार रहेको जानकारी दिनुभयो ।
भेरी अस्पतालका २ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका ३ जना र सैनिक अस्पताल नेपालगन्जको १ जना गरी ६ जना चिकित्सक संक्रमित भइसकेका छन् ।
बाँकेका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफ नर्स, हेल्थ असिसटेन्ट र प्रयोगशालाकर्मीसहित करिब ३५ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।
प्रतिक्रिया