पोखरामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ ९ गते १२:५९

९ भदौ, २०७७, पोखरा । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
कास्कीको पोखरा महनगरपालिकामा ७ र तनहुँँको भानु नगरपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ८ पुगेको छ। तीमध्ये हालसम्म एक हजार ६ सय ३९ जना संक्रमित निको भइसकेका छन्।
प्रतिक्रिया