Main News

बोक्सीको आरोपमा कुटपिट र अभद्र व्यवहार, दोषीमाथि कडा कारबाहीको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ८ गते २०:०७
बोक्सीको आरोपमा कुटपिट र अभद्र व्यवहार, दोषीमाथि कडा कारबाहीको माग (भिडियोसहित)

८ भदौ, २०७७ महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की एकल महिलामाथि बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध मुद्दा दर्ता गरिएको छ । एकल महिलामाथि छिमेकीले आफन्तलाई बिरामी बनाएको भन्दै कुटपिट गरेका हुन् ।

गत शुक्रबार महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया पवन देवीलाइ छिमेकी कृष्ण यादव लगायतले बोक्सी भन्दै कुटपिट गरे । गत साउनमा पवन देवीले घरमा कुल देउताको पुजा गरेको केही दिनमा कृष्णको भाइ आशिफ यादव विरामी परे ।

अनि कृष्णको परिवार पवन देवीले तन्त्रमन्त्र गरी आशिफलाई बिरामी पारेको भन्दै गालीगलौजमा उत्रिए । पहिलेदेखि गालीगलौज गरेर खनिएको कृष्णको परिवार शुक्रबार कुटपिटमै उत्रियो । कुटपिटबाट घाइते पवनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रहरीले कुटपीटमा संलग्न कृष्णलाई पक्रेको छ । र पीडित पक्षबाट किटानी जाहेरी भएपछि थप कानुनी प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।

बोक्सी भनेर कुटपिट गर्ने अभद्र र अमानवीय व्यवहार गर्ने समाजमा धेरै छन । तर त्यस विरुद्धको आवाज भने उठ्न सकेको छैन । महिलामाथि हुने हिंसा राजनीतिक र सामाजिक दवावमा लुकाईदिदा पीडितले न्याय पाउन सकिरहेका छैनन् । सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही हुनु पर्ने जनप्रतिनिधको माग छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी सम्बन्धी मुद्दा निकै कम छन । तर प्रहरीका अनुसार महोत्तरीमा बोक्सीको लाञ्छनामै मुद्दा दर्ता न्युन भए पनि कुटाई खाने र हिंसाको सिकार हुने महिलाको संख्या धेरै छ । बोक्सी लाञ्छना लगाइनेमा महिला एकल, विपन्न, दलित हुने गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *