कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह

Himalaya Television
२०७७ भदौ ८ गते १५:०३

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह

८ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न अपिल गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

जनस्वास्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले अपील गरेको छ ।

यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन आयोगले सरकारलाई अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs