Main News

घरमा आगो लगाएपछि बाँकेमा सुकुम्बासीको कन्तबिजोग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ८ गते ६:०३
घरमा आगो लगाएपछि बाँकेमा सुकुम्बासीको कन्तबिजोग (भिडियोसहित)

८ भदौं, २०७७, काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकाको झुरहवामा भुमिहिन सुकुम्बासीले १२ बर्ष देखि साढे ५ हेक्टर जंगल क्षेत्र अतिक्रमण गरेर बसोबास गर्दै आएका थिए ।

डिभिजन बन कार्यालयको टोलीले बन अतिक्रमण गरी निर्माण गरिएका ११ वटा घरमा आगो लगाई दिएपछि उनीहरुको विजोग भएको छ ।

बैकल्पिक ब्यवस्था नगरी डिभिजन वन कार्यालय बाँकेबाट खटिएको सुरक्षाकर्मीको टोलीले गत जेठ ३२ गते बाँकेको नरैनापुर गाउँपालिकाको झुरहवा क्षेत्रका ११ घर टहरा बल प्रयोग गरेर हटायो । त्यतिमात्रै हैन उनीहरुको घरमा आगो नै लगाइयो । परिबारको मुली छ जनालाई पक्राउ गरियो । बाँकीलाई सुरक्षाकर्मीले लखेट्यो । अहिले उनीहरु बिचल्लीमा छन ।

राप्ती नदीको बाढी र डुबानको उच्च जोखिममा रहेका परिबारहरुले सुरक्षित बासस्थानको नाममा बाँकेको चुरे क्षेत्रमा बन अतिक्रमण गरेर घर टहरा बनाउने र खेतीपाती गर्दै आएका छन । विभिन्न बाहनामा बन अतिक्रमण हुने र प्रहरी प्रशासनको सहयोगमा बन कार्यालयले बल प्रयोग गरेर हटाउने क्रम बर्षौदेखि चल्दै आएको छ ।

तर बर्षौ बिति सक्दा पनि सुकुम्बासी र भुमिहिनका लागि बैकल्पिक बसोबासको ब्यबस्था हुन सकेको छैन । यसले भुमिहिन सुकुम्बासी बन कार्यालयबाट हुने ज्यादती र मुद्दा मामिला खेप्न बिबश छन ।

जनआन्दोलन, मधेश आन्दोलन, नाकाबन्दी, र कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितीका बेला समेत बाँकेमा बन अतिक्रमण रोकिएन । नेपाल सरकारले वनले ढाकेको क्षेत्रफल ४०५ कायम राख्ने प्रतिबद्धता बारम्बार गर्दै आए पनि सुकुम्बासी बाढी प्रभाबित , मुक्त कमैया लगायत बिभिन्न नाम र समुहबाट बन अतिक्रमण गर्ने क्रम यद्यपी कायमै छ ।

प्राकृतिक बिपत्ती र राजनीतिक दाउपेचका कारण बाँकेमा बन अतिक्रमण बर्षेनी बढ्दै गएको छ । बाँकेको ६८ स्थानमा करिब २ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *