Main News

संघीय सरकारसँग काठमाडौं उपत्यकाका मेयर असन्तुष्ट (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ६ गते ५:५६
संघीय सरकारसँग काठमाडौं उपत्यकाका मेयर असन्तुष्ट (भिडियोसहित)

६ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकाका नगरप्रमुखले संघीय सरकारले बेलामा निर्णय र काम नगर्दा कोरोना नियन्त्रणमा समस्या परेको गुनासो गरेका छन् ।

काठमाडौं भित्रिने प्रमुख नाका पर्ने नगपालिकाका प्रमुखले संघीय सरकारको कार्यशैलीले काम गर्न कठिनाइ भइरहेको समेत बताएका छन् ।

काठमाण्डौ उपत्यकाका नगरप्रमुखले संघीय सरकारले बेलामा निर्णय र काम नगर्दा कोरोना नियन्त्रणमा समस्या परेको गुनासो गरेका छन् । काठमाण्डौ भित्रिने प्रमुख नाका पर्ने नगपालिकाका प्रमुखले संघीय सरकारको कार्यशैलीले काम गर्न कठिनाइ भइरहेको समेत बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न विकल्पमा काम गरिरहेको छ । त्यसका लागि उसले थरि थरि निर्णय गरेको छ । कहिले लकडाउन, कहिले निषेधाज्ञा, कहिले खुला, कहिले जोरर विजोर । तर काठमाण्डौ प्रवेश गर्ने प्रमुख नाका नागढुंगा क्षेत्र रहेको चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिलाई यसरी पटक पटक निर्णय फेर्ने संघीय सरकारको कदमले समस्या भयो भन्ने लागेको छ ।

त्यसैले निर्णय गर्दा त्यसको दीर्घकालीन असर के पर्छ, को को प्रभावित हुन्छन र त्यो समयमा के गर्ने भन्नेबारे गम्भीर भएर मात्रै कदम चाल्न संघ र प्रदेश सरकारलाई गिरीको सुझाव छ ।

काठमाण्डौ प्रवेश गर्ने अर्को प्रमुख नाका भक्तपुरको सूर्य विनायक नगरपालिकाका प्रमुख बासुदेव थापा पनि संघ र प्रदेश सरकारको कार्यशैलीबाट सन्तुष्ट हुनुहुन्न । संघ र प्रदेश सरकारबाट पर्याप्त सहयोग नहुँदा नाका व्यवस्थापनमा कमजोरी भएको थापाको भनाई छ ।

संघ र प्रदेश सरकारबाट उचित बजेट प्राप्त नभएपछि नगरपालिका आफै अघि सरेको छ । समस्या परे विकास बजेट नै कोरोना नियन्त्रणमा लगाउने गरी उसले निर्णय गरेको छ । भक्तपुरका चारवटै नगरपालिकाले संयुक्तरुपमा लगानी गरेर खरिपाटीमा आइसोलेसन केन्द्र र सचेतना जगाउने कार्यक्रम चलाइरहेका छन् ।

स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न सकेनन भने काठमाण्डौमा अवस्था नियन्त्रणबाहिर जान सक्छ, त्यसैले संघीय सरकारले आवश्यक सहयोगको व्यवस्था छिटो छरितो गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *