Main News

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७७ भदौ ३ गते १८:१८
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

३ भदौ, २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै कामकाज गर्न दिने गरी अन्तरिम आदेश दिएको छ।

सरकारले श्रेष्ठलाई हटाएर सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष बनाएकोमा अदालतले त्यसलाई रोकिदिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवाहक अध्यक्ष फेर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो। तर निर्णयले प्रेस स्वतन्त्रता कमजोर भएको भन्दै काउन्सिल सर्वोच्च अदालत गएको थियो ।

अदालतको आदेशसँगै श्रेष्ठलाई पहिले झै काम गर्न बाटो खुलेको छ । अदालतले सरकारको पछिल्लो निर्णय कार्यान्वयन भएमा प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने ठहर गरेको छ ।

आइतबार दुर्गा भण्डारीलाई सदस्य बनाएको सरकारले सोमबार ऐन विपरीत नियमावली संशोधन गरेर कार्यवाहक अध्यक्ष बनाएको थियो । र, यसको संचार क्षेत्रबाट आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *