Political Hightlights

प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष नियुक्तिमा कांग्रेसको आपत्ति

हिमालय टिभी
२०७७ भदौ ३ गते १४:५४
प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष नियुक्तिमा कांग्रेसको आपत्ति

३ भदौं, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सरकार नियन्त्रित प्रेसको बाटोमा श्रृंखलाबद्ध ढंगले अगाडि बढिरहेको पुष्टि भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रेस काउन्सिललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट व्यक्तिको नियन्त्रणमा राखेर गुटगत प्रचारको कोटरी बनाउने खोजेको कांग्रेसको आरोप छ ।

सञ्चार मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्य गरी भोलिपल्ट काउन्सिलको नियमावली संंशोधन गर्दै कार्यबाहक अध्यक्ष तोकेको थिाये । नियमावली संंशोधन गर्नुअघि अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने गरेका थिए ।र, किशोर श्रेष्ठ काउन्सिलको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।

कांग्रेसले निर्णय फिर्ता लिएर सरोकारवालाहरुसंग संवाद मार्फत समाधानमा पुग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।

कांग्रेसले कुन व्यक्तिलाई काउन्सिलमा ल्याइयो वा कसलाई हटाइयो भनेर नभई विधिमा आफ्नो विरोध रहेको प्रष्टिकरण दिएको छ । कांग्रेसले भण्डारीको नियुक्तिलाई नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नेकपा सरकारको पछिल्लो उदाहरण भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्