Main News

कोरोना संक्रमण बढेपछि देशका २९ जिल्लामा निषेधाज्ञा

हिमालय टिभी
२०७७ भदौ २ गते १३:०८
कोरोना संक्रमण बढेपछि देशका २९ जिल्लामा निषेधाज्ञा

२ भदौं, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

सरकारले साउन ५ को मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि आजसम्म २९ जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेका छन् ।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार १४ जिल्लामा जिल्लाभर निषेधाज्ञा छ भने १५ जिल्लामा संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी, एक जिल्लामा पूर्ण लकडाउन, आठ जिल्लामा आंशिक लकडाउन, दुई जिल्लामा आंशिक सिल र एक जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै, पाँच जिल्लामा सरकारी सेवा क्षेत्र छुट्याएर आंशिक रूपमा बन्द गरिएको छ ।

सरकारले यसअघि ११ चैतदेखि लगाएको लकडाउन ६ साउनमा अन्त्य गरेको थियो । अहिले भने सरकारले सोलोडोलो रूपमा देशभर लकडाउन नगरी स्थानीय प्रशासनलाई नै अवस्था हेरेर निर्णय गर्ने अधिकार दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *