राजनीति

कार्यदल गठनप्रति नेकपा उपाध्यक्ष गौतमको आपत्ति, दुवै अध्यक्षको राजीनामा माग

हिमालय टिभी
२०७७ भदौ १ गते १७:०७
कार्यदल गठनप्रति नेकपा उपाध्यक्ष गौतमको आपत्ति, दुवै अध्यक्षको राजीनामा माग

१ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले कार्यदल गठनप्रति आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले कार्यदल गठन गरिएकोमा आपत्ति प्रकट गर्नुभएको हो ।

गौतमले कार्यदललाई अनावश्यक भन्नुभएको छ । एक सचिवालय सदस्यका अनुसार कार्यदल गठनले नेताहरुको क्षमतामाथि प्रश्न उठेको भन्दै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत माग्नुभएको छ ।

गौतमको भनाई उधृत गर्दै ती नेताले भने–के आधारमा कार्यदल बनाइयो ? अध्यक्षहरु असफल भएको हो भने राजीनामा दिनुपर्छ ।’ सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ? भनेर सोधका गौतमले नसक्ने हो भने अरुलाई जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ । सचिवालयभन्दा माथि कार्यदल आएको गौतमको टिप्पणी छ ।

विधि र प्रक्रिया अनुसार काम गर्नुपर्नेमा दुई अध्यक्षले असीमित अधिकार प्रयोग गर्दै कमिटी प्रणालीलाई वेवास्ता गरेको गौतमको आरोप छ ।

सचिवालय बाहिरका नेतालाई कार्यदलमा राख्दा सचिवालयको औचित्यमाथि प्रश्न उठेकोले अब कार्यदलमा रहेका सबैलाई सचिवालयमा ल्याउनुपर्नेमा समेत गौतमले जोड दिनुभएको छ ।

आफ्नो एजेण्डाकै वरिपरि सहमति खोज्न लाग्दा समेत आफूलाई वेवास्ता गरिएको गौतमको गुनासो छ । उपाध्यक्ष गौतमले पार्टी विभाजन रोक्न भन्दै अगाडि सारेको ६ बुँदे प्रस्तावकै वरिपरि नेकपा भित्र सहमति खोज्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्