Main News

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो, ५८१ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १ गते १६:३७
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो, ५८१ जना संक्रमित थपिए

१ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षीय पुरुष, मोरङमा ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।

आज देशभरी ५ सय ८१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो । आज उपत्यकामा १ सय ६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १ सय ९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

देशभरीका आइसीयुमा १ सय १३ जना उपचाररत रहेका छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज देशभरका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन । जसमा प्रदेश नम्बर १ मा ९ सय १०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ६७, बागमती प्रदेशमा २ हजार २ सय १८ र गण्डकी प्रदेशमा २ सय ९७ जना आइलोसेसनमा रहेका छन ।

प्रदेश नम्बर ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना संक्रमित उपचाररत रहेका छन ।

प्रदेश नम्बर १ मा १ सय २२, प्रदेश नम्बर २ मा २ हजार १ सय ७० र बागमती प्रदेशमा १ सय ११ होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ गरी २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ सय ६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय १२, प्रदेश नम्बर २ मा ३ हजार ७ सय १०, बागमती प्रदेशमा ७ सय २ र गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना डिस्चार्ज भएका छन ।

प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ४ सय ९५ जना संक्रमित डिस्चार्ज भएका छन ।

क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय २०, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा १ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ३१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार १ सय ७, कर्णाली प्रदेशमा ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *