Political Hightlights

प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

हिमालय टिभी
२०७७ भदौ १ गते १३:०२
प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

१ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

नेकपा सचिवालय बैठक सकिएलगत्तै काँग्रेस सभापति देउवा भेटवार्ताका लागि नेता रमेश लेखकसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

तीन नेताको भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालय लगायत विभिन्न निकायमा नियुक्ति तथा मुलुकको समसामयिक अवस्थाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

दलहरुबीच भागवण्डा नमिल्दा थुप्रै आयोगमा नियुक्ति हुन सकेको छैन । यस्तै विश्वविद्यालयमा पदाधिकारी नहुँदा काम प्रभावित भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि तत्कालै संवैधानिक परीषदको बैठक बोलाउने जानकारी दिनुभएको भेटमा सहभागी कंग्रेस नेता लेखकले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटमा कोरोना महामारी र बाढी पहिरोको प्रकोपमा सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्