Main News

छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि आमाको अन्त्येष्टिमा समस्या

हिमालय टिभी
२०७७ साउन ३२ गते १४:३१
छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि आमाको अन्त्येष्टिमा समस्या

३२ साउन, २०७७, विराटनगर । शनिबार राति मृत्यु भएकी विराटनगर ३ की बृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा समस्या भएको छ ।

गत मंगलबार कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा बस्दै आएका पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतकी ८७ वर्षीया आमाको शनिबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमित भएपछि मारवाडी सेवा सदनको आइसोलेशनमा बस्दै आएका उनको परिवारका तीनै जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै बृद्धा आमाको मृत्यु भएको हो ।

आइतबार बिहान परिवारका ३ जनाको रिपोर्ट आउँदा बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएको छ भने मृतक बृद्धाको रिपोर्ट नेगेटिभ आएको छ ।

एकैघरको तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बृद्धाको रिपोर्ट नेगेटिभ आएपनि उनको अन्तिम संस्कारमा समस्या भएको विराटनगर– ३ का वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

शनिबार राति ९ बजे नै बृद्धाको मृत्यु भएकोमा आइतबार दिउँसोसम्म उनको शव ओछ्यानमै छ । स्थानीयले शव घाटसम्म पुर्‍याउने व्यवस्था मिलाउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

स्वाश्प्रश्वासमा समस्या र ज्वरोको समस्या रहेकी बृद्धाको निधनपछि कोरोनाको आशंकामा छिमेकीहरु पनि उनको घरमा पुगेका छैनन् । परिवारका तीन जनामा कारोना देखिएपछि बृद्धाको दोहो¥याएर स्वाब परीक्षण गरिएकोमा नेगेटिभ नै देखिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

कोरोना संक्रमित बुहारी र नाती घरमै होम आइसोलेनमा रहेका छन् । बृद्धाका दुई छोरामध्ये जेठा छोरा काठमाडौंमा रहेको बताइएको छ । बृद्धाको स्यहारमा रहेकी बुहारीलाई पनि कोरोना पोजेटिभ देखिएपछि उनको अन्तिम संस्कारमा समस्या भएको हो ।

‘बृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु मृतकका घरमा संक्रमण सर्ने त्रासले जान सकेका छैनन्। परिवारका सबै जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सरसल्लाह गरि नेपाली सेनामार्फत शव व्यवस्थापनको तयारी भएको वडाअध्यक्ष बस्नेतलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *