Main News

कोरोना संक्रमण फैलिएपछि भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा लकडाउन

हिमालय टिभी
२०७७ साउन ३२ गते १२:५५
कोरोना संक्रमण फैलिएपछि भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा लकडाउन

३२ साउन, २०७७, भक्तपुर । कोरोना संक्रमण फैलिएपछि आजदेखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा लकडाउन गरिएको छ।

शनिबार साँझ बसेको आकस्मिक नगर बैठकले मध्यपुरथिमी क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना संक्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको हो। बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए।

यसैबीच नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत ३ नर्स र १ सहयोगी गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

अस्पतालमा कोरोना संक्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *