Main News

वीरगञ्जमा एक पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन ३२ गते ७:४५
वीरगञ्जमा एक पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

३२ साउन, २०७७ वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पछिल्लो परीक्षणमा एक पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार संक्रमित हुनेमा ३७ जना पुरूष र १० जना महिला छन् ।

गएराती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रित हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सका ४५ जना छन् ।

वीरगन्ज महानगरपालिकामा रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका कर्मचारी पनि संक्रमित भएका छन् ।

एक टेलिभिजन पत्रकार, प्राइम फर्माका ६ जना कर्मचारी, वयोधा अस्पतालका ३ कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका एक युवक र ४२ बर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताउनुभयो ।

साउन २७ गते देखि ३१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४७ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *